कला

‘भगवान’ बेचेर मासिक एक लाख कमाइ

Image
-२०७४ आषाढ ०२ शुक्रबार

शुक्लाफाँटा नगरपालिका–१० झलारीका दिनेश विकले सिमेन्ट, सरिया र माटोको प्रयोग गरी मूर्ति बनाई मासिक १ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका हुन् । ग्राहकको माग अनुसारका धार्मिक मूर्ति निर्माण गरी विकले स्थानीय झलारी बजारमा सञ्चालन गरेको पसलबाट बिक्री गर्दै आएका छन् ।

-मानसखण्ड

डडेल्धुराका एकजोडी दाजुभाईको ‘जुनकिरी’ बजारमा

Image
-२०७४ आषाढ ०२ शुक्रबार

सञ्चारकर्मी समेत रहेका जनकको पहिलो गीत ‘जुनकिरी’ बजारमा आएको हो । जनकका दाजु महेशको शब्द तथा संगीत रहेको आधुनिक गीत नेपाली र डोट्याली भाषाको समिश्रण छ । १ साताभित्रै भिडियो समेत सार्वजनिक गर्ने उनले बताए ।

-मानसखण्ड

लोककलालाई राष्ट्रियस्तरमा चिनाउन अनुसन्धान

Image
-२०७४ आषाढ ०२ शुक्रबार

स्थानीयस्तरका कला र संस्कृतिलाई राष्ट्रियस्तरमा चिनाउन अनुसन्धान गर्न थालिएको छ । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले विभिन्न कार्यक्रमका माध्यमबाट परम्परागत नेपाली जातीय लोककला र संस्कृतिको जगर्ना गर्न खोज, संरक्षण र संवद्र्धनका कार्यलाई निरन्तरता दिँदै आएको हो ।

-मानसखण्ड

यस्तो छ ! मिस्टर आरजे भट्टको सांगीतिक यात्रा

Image
-२०७४ आषाढ ०२ शुक्रबार

र्‍यापरको बडि ल्याङ्ग्वइज र लुक्स पनि भिन्न हुनुपर्छ भन्ने मान्यता छ। र्‍यापरले स्टाइलिङ, कपाल पाल्नु, मुन्द्रा लगाउनु, ट्याटु बनाउनु र ब्रासलेट लगाउनु अनिवार्यझै मानिन्छ। किनकी र्‍यापर नर्मल डान्सर भन्दाभिन्न हुनुपर्छ, भन्ने भनाई र्‍याप बजारमा छ। तर, आरजे भट्ट भने झट्ट हेर्दा र्‍यापर जस्ता देखिदैनन्। आरजेले भने, ‘र्‍यापर जस्तो देखिन्छु ररु कपाल लामो छ, अनि दाह्री र चस्मा।’

-मानसखण्ड

धनाडीको ‘चोटै चोटको जिन्दगी’ सार्वजनिक

Image
-२०७४ आषाढ ०२ शुक्रबार

धनगढी । लोक दोहोरी गायक राजेन्द्र धनाडीको तेस्रो लोकदोहोरी एल्बम ‘चोटै चोटको जिन्दगी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

-मानसखण्ड

देउडा छोडेर दोहोरी गाउन थाले सुदूरपश्चिमेली गायक

Image
-२०७४ आषाढ ०२ शुक्रबार

युवापुस्ताको देउडाप्रतिको विकर्षण र देउडा स्रष्टालाई बजारमा टिक्न र बिक्न समस्या भएपछि गीत लोप हुँदै गएको हो । बजारमा आधुनिक, लोक गीत संगीतका साथै पश्चिमा गीत संगीतले जरो गाडेपछि देउडा गीत विस्तारै हराउँदै जान थालेको गायक नरेन्द्र रावलले बताए ।

-मानसखण्ड

एउटा वियोगान्त गीत, जसले प्रेमिकालाई आत्महत्या गरायो

Image
-२०७४ आषाढ ०२ शुक्रबार

३ बैशाख, काठमाडौं । गीतकार वीरेन्द्र राईले सात सयभन्दा बढी गीत लेखिसकेका छन् । सयौं गीतमध्ये एउटा उनको मनको सबैभन्दा नजिक छ, जसले उनलाई २६ वर्षयता बेलाबेला झस्काइरहन्छ । मुटु असह्य हुने गरी रेटिरहन्छ ।

-मानसखण्ड

शान्ति र सद्भावका लागि धनगढीमा सांगीतिक साँझ

Image
-२०७४ आषाढ ०२ शुक्रबार

शान्ति र सद्भावका लागि साहित्यिक सांस्कृतिक देशदर्शन अभियानको सहयोगार्थ कार्यक्रम भएको हो । सुदूरपश्चिम साहित्य समाज धनगढीद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल रहेका थिए ।

-मानसखण्ड

चर्चामा  ‘आउन माया धनगढी घुम्नलाई'

Image
-२०७४ आषाढ ०२ शुक्रबार

सिर्जु अधिकारी र हेमराज थापाको स्वरमा रहेको गीतमा धनगढी, शुक्लाफाँटा, दोधारा, खप्तड, सैपाल, अपी, टीकापुर चिसापानी, घोडाघोडी, सेती, उग्रतारा, सिलगढी, मार्तडीको बयान मात्र गरिएको छैन, मायालुलाई घुम्नलाई पनि निम्तो दिइएको छ ।

-मानसखण्ड