दार्चुला

दार्चुलामा पर्खालमा जीप ठोक्किँदा सात घाइते

Image
-२०७५ आषाढ १९

महाकाली नगरपालिका–७ धापबाट जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको म १ ज २६८ नं को जीप दुर्घटना हुँदा जीपमा सवार सात जना घाइते भएका छन् ।

-रासस

दार्चुलाबाट तीस किलो यार्सागुम्बा निकासी

Image
-२०७५ आषाढ १९

यस वर्ष हालसम्ममा दार्चुला जिल्लाबाट ३० किलो यार्सागुम्बा जिल्ला बाहिर निकासी भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट ३० किलो यार्सागुम्बा निकासी पूर्जी दिइएकोमा सोही मात्रामा निकासी भएको सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिए ।

-मानसखण्ड

मालिकार्जुनको ‘अनौठो रोग’ हेपाटाइटिस भएको पुष्टि

Image
-२०७५ आषाढ १९

मालिकार्जुन गाउँपालिका– ३ का १६ जनामा हेपाटाइटिस ‘ए’ र ‘इ’ को संक्रमण देखिएको छ । 
जिल्ला अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले एक सय १६ जनाको स्वास्थ्य परिक्षण गर्दा १६ जनामा हेपाटाइटिस ‘ए’ र ‘ई’ फेला परेको हो । 

-मानसखण्ड

दार्चुलाको मालिकार्जुनमा अनौठो रोग देखियो

Image
-२०७५ आषाढ १९

दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा परेको छ । एकैचोटी सो ठाउँका पाँच जनामा हेपाटाइटिस रोगको जस्तै लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुुख डा सुरेन्द्रप्रसाद भट्टले बताए ।

-मानसखण्ड

कतै नभएको चलन दार्चुलामा !

Image
-२०७५ आषाढ १९

यार्सागुम्बा संकलनमा दोहोरो कर संकलन भइरहेको अपिनाम्पा संरक्षण क्षेत्रअन्तर्गत भेडाबाख्रा चरनमा पनि दोहोरो शुल्क संकलन भइरहेको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयअन्तर्गतको व्यास रेन्जपोष्टले प्रतिबाख्रा १० रुपैयाँ चरन शुल्क उठाएको छ भने संरक्षण क्षेत्रअन्तर्गतकै राखुपा उपभोक्ता समिति व्यासले प्रतिबाख्रा २० रुपैयाँ चरन शुल्क उठाइरहेको छ ।

-शंकरसिह धामी

यार्सागुम्बासहित भारतीय नागरिक पक्राउ

Image
-२०७५ आषाढ १९

भारतबाट यार्सागुम्बासहित नेपालतर्फ आउँदै गरेका भारतीय नागरिक १९ वर्षीय अनुप नगन्याल र १७ वर्षीय मन्नु राठौरलाई प्रहरीले पक्राउ गरेको हो ।

-रासस

दार्चुलामा पक्की तटबन्ध भत्काउँदा स्थानीय त्रसित

Image
-२०७५ आषाढ १९

महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा हालेको पक्की तटबन्धको फाउन्डेसन वाल भत्काएर नदीले कटान सुरु गरेको छ ।

-रासस

भारतमा पहिरामा परी ३ नेपालीको मृत्यु

Image
-२०७५ आषाढ १९

भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जीपमा सवार ३ नेपालीको मृत्यु भएको हो । घटनामा अन्य २ जना नेपाली घाइते भएका छन् ।

-रासस

दार्चुलामा ३४ प्रतिशत रोपाइँ

Image
-२०७५ आषाढ १९

जिल्लामा ४ हजार ४ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेपनि हालसम्म १ हजार ५ सय ३० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय दार्चुलाका सूचना अधिकारी हरिप्रसाद जोशीले जानकारी दिए । 

-मानसखण्ड

दार्चुलाका सबै तहको मतपरिणाम सार्वजनिक, कुन तहमा कसको जित ?

Image
-२०७५ आषाढ १९

दाचुर्लाका सबै स्थानीय तहमा मतगणना सकिएको छ । दार्चुलाका २ नगरपालिका र ७ गाउँपालिका गरी ९ स्थानीय तहको मतगणना आइतबार सकिएको छ ।

मतपत्रसहित निर्वाचन टोली मतदान केन्द्रमा पठाइदै

Image
-२०७५ आषाढ १९

दार्चुलाको व्याँस गाउँपालिका र अपिहिमाल गाउँपालिकाका ५ मतदान केन्द्रका लागि आवश्यक मतपत्र लगायतका सामग्री लिएर टोली कार्यक्षेत्र तिर लागेको मूख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत भिमप्रसाद भूसालले बताए ।

दार्चुलामा निर्वाचनको तयारी पूरा, वर्षात्को चिन्ता

Image
-२०७५ आषाढ १९

दार्चुलामा स्थानीय तहको निर्वाचनको तयारी पूरा भएको छ । असार १४ गते मतदानका लागि दुर्गम क्षेत्रमा मतदान अधिकृत र कर्मचारी समेत खटाइएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।

दार्चुलाका ५ स्थानीय तहमा ६ जनाद्वारा उम्मेदवारी फिर्ता

Image
-२०७५ आषाढ १९

दार्चुलाका ५ स्थानीय तहबाट ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।महाकाली नगरपालिकामा २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

दार्चुलामा मदिरा ‘निषेध’ कागजमै सीमित

Image
-२०७५ आषाढ १९

दार्चुला प्रशासनले असार १ गतेबाट लागू हुने गरी बेलुका ४ बजेबाट ७ बजेसम्म मात्र मदिरा बिक्रीवितरण गर्न पाइने नियम लागू गरेपनि अन्य समयमा समेत कारोबार भइरहेको छ । राति ९–१० बजेसम्म पनि मदिराको कारोेबार हुने गरेको स्थानीयले बताएका छन् ।

धौलाकोटमा प्रहरीलाई जग्गादान

Image
-२०७५ आषाढ १९

दार्चुलाको व्याँस गाउँपालिकामा १ रोपनी ८ आना जग्गा प्रहरीलाई दान गरिएको छ ।  धौलाकोट–७ का लक्ष्मणसिंह कुँवर र उनका छोरा राजेन्द्रसिंह कुँवरले प्रहरीलाई जग्गा दान गरेका हुन् ।

-मानसखण्ड

दार्चुला झडपका घाइतेलाई कोहलपुर रेफर

Image
-२०७५ आषाढ १९

जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको हो । कमलसँगै अमर बोहरा र गोपाल महतालाई पनि सोमबार बिहान उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको थियो । तर, अन्यको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

-मानसखण्ड

दार्चुलामा निर्वाचनका लागि विशेष सुरक्षा

Image
-२०७५ आषाढ १९

स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न जिल्ला सुरक्षा समन्वय समितिले सुरक्षा व्यवस्थालाई विशेष रुपले परिचालन गर्ने भएको छ ।

-मानसखण्ड

पोल ढलेपछि पिपलचौरीमा ३ हप्तादेखि विद्युत् अवरुद्ध

Image
-२०७५ आषाढ १९


जेठ महिनाको पहिलो हप्ता विद्युत् लाइन विस्तारका लागि गाडिएका काठे पोल ढलेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । २०७० सालमा निर्माण भएको २१ किलोवाट भाष्कर लघु जलविद्युत् योजनाका विद्युत् काठे पोल कुहिएर ढल्दा विद्युत् तार भुइँमा पछारिएकाले विद्युत् सञ्चालन गर्न समस्या भएको बताइएको छ ।

-मानसखण्ड

खोई बजार :बीउ उत्पादन गरेर के गर्ने ?

Image
-२०७५ आषाढ १९

२०६२/६३ सालबाट कृषक समूहमा आवद्ध शंकरपुर भोरकोटका कृषकले जिल्ला कृषि विकास कार्यालयबाट ५० प्रतिशत अनुदानमा पाएको मनकामना र देउती जातको मकैको बीउ वार्षिक ५ सय क्वीन्टलसम्म उत्पादन गर्ने गरेपनि बजारको अभाव रहेको कृषक समूहका अध्यक्ष मोहनदेव मिश्रले बताए ।

-मानसखण्ड

युवा यार्सा पाटनमा, विरामी वृद्धवृद्धालाई सकस

Image
-२०७५ आषाढ १९


व्याँस गाउँपालिका–२ राप्लाको मालगाउँकी ७५ वर्षीया बृद्धा चेपडीदेवी धामी ४ दिनदेखि बिरामी भएर थला परेकी छिन् । छोराबुहारी लगायत गाउँका अधिकांश व्यक्ति यार्सा संकलनका लागि दुधबन गएका छन् ।

-मानसखण्ड

हाकाहाकी दादागिरी गर्नेलाई कारबाही कसले गर्ने ?

Image
-२०७५ आषाढ १९

खाद्य संस्थानको बंगलादेशी उसिना ३० केजी चामल सुन्सेरा डिपोमा ९ सय ८० रुपैयाँमा पाइन्छ । तर, ढुवानीकर्ताले सुन्सेरा पुग्न १ घण्टा अगावै १ हजार १ सय रुपैयाँको दरले चामल बिक्री गर्ने गरेको धौलाकोटका स्थानीयले गुनासो गरेका छन् ।

-मानसखण्ड

दार्चुलाको सुरक्षामा सेना र सशस्त्र प्रहरी परिचालन

Image
-२०७५ आषाढ १९


निर्वाचनलाई शान्त मर्यादित र भयरहीत वातावारणमा सम्पन्न गर्न जिल्लाका शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा सशस्त्र प्रहरी परिचालन भएको सुरक्षा स्रोतले जनाएको छ ।

-मानसखण्ड

दार्चुलामा १ सय ७६ मुक्तहलिया पुनस्र्थापित

Image
-२०७५ आषाढ १९

दार्चुलामा १ सय ७६ मुक्तहलिया पुनस्र्थापित भएका छन् । सरकारले हलिया मुक्तिको घोषणा गरेपछि मुक्तहलिया पुनस्र्थापन कार्यक्रममार्फत् घर निर्माण, घर मर्मत तथा जग्गा खरिदका लागि आर्थिक सहयोग गर्दै आएको छ ।

-मानसखण्ड

यार्सागुम्बामा मनपरी गर्न नपाइने भएपछि...

Image
-२०७५ आषाढ १९

यार्सागुम्बा जडिबुटी संकलन, खरिदबिक्री र ब्यापार प्रक्रियामा कडाइ गरिएपछि ब्यापारीले विरोध गरेका छन् । यार्सागुम्बा संकलनदेखि जिल्लाबाहिर निर्यात गरिएको स्पष्ट विवरण राख्न खोजिएपछि विगतका वर्षमा मनपरी गरिरहेका ब्यापारी आत्तिएका छन् ।

-मानसखण्ड