विचार/विश्लेषण

जनताका आशा एकातिर, स्थानीय सरकार अर्कैतिर !

Image
-२०७४ चैत्र ०४ आइतबार
-उत्तरदेव भट्ट

केपी ओलीको दोस्रो इनिङका दुई हप्ता

Image
-२०७४ चैत्र ०४ आइतबार
-खेम भण्डारी

किन देखेको नदेख्यै ?

Image
-२०७४ चैत्र ०४ आइतबार

कार्यालयका कर्मचारीले आफ्नो जिम्मेवारीलाई भुल्नु हुँदैन् । सर्र्वसाधारण नागरिकले गर्ने विश्वासलाई अख्तियार कार्यालयका कर्मचारीले बुझ्नु जरुरी छ । 

-मानसखण्ड

पार्टीमा लागेको दाग मेटाउन वामसँग सुनौलो अबसर

Image
-२०७४ चैत्र ०४ आइतबार

अनि २००७ सालमा नेपाली कांग्रेस पार्टीको नेतृत्वमा सशस्त्र क्रान्ति भएपछि नेपालमा राणाशासन विदा भई प्रजातन्त्रको उदय भएको हो । त्यसैले अहिलेसम्मको आधुनिक राजनितिक यात्रामा नेपालीको अनुभव जम्मा ६ दशकको भयो भन्नुपर्छ ।

-केशवराज भट्ट (विराट)

जनप्रतिनिधिको कानमा तेल किन ?

Image
-२०७४ चैत्र ०४ आइतबार

सबै निर्माण व्यवसायीलाई यसको दोषी मान्नु गलत हुन्छ तर अधिकांश ठेकेदारहरुहरुका कारण सार्वजनिक निर्माण विकासभन्दा पनि विनास नै भएको देखिन्छ ।  ठेक्का पाएका निर्माण व्यवसायीले तोकिए अनुसार काम नगर्ने, गरे पनि निर्माण कार्यको गुणस्तर नांगो आँखाले पनि घटिया लाग्ने गरेका उदाहरण तमाम छन् । त्यसमाथि जिम्मेवार निकायको निगरानी फितलो हुने प्रवृत्तिले अर्को समस्या थपेको छ ।

-मानसखण्ड

सरस्वती पूजाको आध्यात्मिक रहस्य र श्रीपञ्चमी

Image
-२०७४ चैत्र ०४ आइतबार

चार ओटा नवरात्रिमध्येको सारस्वत नवरात्रिमा रुपमा माघ शुक्ल प्रतिपदा देखि नवमीसममको पर्वृलाई लिइन्छ । सृष्टिको आदिकालमा पितामहको चैतमन्थ शक्ति द्धारा मुखबाट सरस्वतीको जन्म भएको हो । त्यसैले वाणीकी देवी भनेर भनिन्छ । सरस्वतीको वर्ण गोरो हुन्छ ।

-आचार्य घनश्याम लेखक

सुदूर पश्चिमाञ्चल विश्व विद्यालयको संन्दर्भमा हिन्दू दीक्षन्तको चर्चा

Image
-२०७४ चैत्र ०४ आइतबार

सौभाग्यले मलाई त्यो समन्वय गर्ने अभिारा सुप विवि कार्यक्रम संयोजकको नाताले प्राप्त भयो । तत्पश्चात् विश्व विद्यालयको रुपमा स्थापित संस्थामा प्रथम क्याम्पस प्रमुखको दायित्व समाल्ने अवसर पनि प्राप्त भयो । अहिले हुन गईरहेको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन गईरहेका विद्यार्थि मेरो कार्यकालका प्रथम ब्याचका विद्यार्थि भएकाले पनि म व्यत्तिगत रुपले पनि आफुलाई सौभाग्यशाली ठान्दछु ।

-प्रा. डा. मुकुन्द कलौनी

रबिन्द्र र उज्वलका उज्वल अनुहारहरु

Image
-२०७४ चैत्र ०४ आइतबार

नेतृत्व वर्गको उल्टो हिडाई र नैतिक धरातल भन्दा तलका गतिविधिहरुले गर्दा उनिहरु माथि बलिया प्रश्न चिन्हहरु खडा भइरहेका छन् । निष्ठाहिन, लुटतन्त्र र कमाउवादी राजनितिक संस्कारको विरुद्धमा उभिएका र विकल्पको पक्षमा गतिशिल देखिएको ठूला समूहको नेतृत्व के रबिन्द्र मिश्र र उज्वल थापाले गर्न सक्छन् त ? आम सचेत नेपालीहरुले यो प्रशंग र प्रश्न बलिया रुपमा उठाउन शुरु गरेको देखिन्छ ।

-निरज भट्ट

प्राध्यापकको खस्कँदो साख !

Image
-२०७४ चैत्र ०४ आइतबार

विद्यार्थीलाई देशका समस्यासँग परिचित गराउँदै समस्या समाधानका लागि उनीहरूलाई विभिन्न किसिमका अनुसन्धान तथा सीप सिकाइनुपर्नेमा त्यसो हुन सकेको छैन । राजनीतिमा लागे राम्रा उच्च पद पाइने र विभिन्न नेता तथा व्यक्तिलाइ थर्काउन पाइने भएकाले समेत प्राध्यापकको राजनीतितर्फ आकर्षण बढ्दो छ । पदीय लोभमा परेर शिक्षक तथा प्राध्यापकले आफ्नो शक्तिलाई बिर्सेका छन् ।

-सन्तोष विष्ट

गौरा र डेउडाको अन्तरङ्ग सम्बन्ध

Image
-२०७४ चैत्र ०४ आइतबार

रामले अयोध्या, कृष्णले मथुरा, सीताले जनकपुर, ब्रह्माले पुष्कर, नारायणले कालीगण्डकी, हनुमानले पप्पापुर, गौतम बुद्धले लुम्बिनीमा जन्म लिएर तत्तत् स्थानलाई विश्व प्रसिद्ध बनाए भने गौरादेवी मानसभूमिमा जन्म लिएर काली–कर्णालीको पवित्र देवभूमिलाई विश्वमा बिख्यात बनाएको छ । गौरादेवी भन्ने बित्तिकै मानस शब्द स्वतस्फूर्त रुपमा जन्मन्छ । किनभने, गौराको जन्म मानसबाट हुन्छ भने मानसको प्रसिद्ध गौराका कारण हुन्छ, गौरालाई गौराको रुपमा परिभाषित गर्न मानसभूमिकै आवश्यकता पर्दछ । त्यसैले गौरा पर्व मानसको हो, मानस क्षेत्र गौराको हो । 

-आचार्य घनश्याम लेखक

संघीयताको कार्यान्वयनमा निजामती कर्मचारीको भूमिका

Image
-२०७४ चैत्र ०४ आइतबार

लामो समयसम्म केन्द्र तथा सदरमुकाममा बसिरहेका कर्मचारीलाई एक्कासी गाउँगाउँमा पठाउँदा त्यहाँको भौगोलिक विकटता, सेवासुविधाको अभाव तथा जनप्रतिनिधिको राजनीतिक नेतृत्वमा रहनुपर्ने लगायतका समस्याको कारणले कर्मचारी समायोजन टाउको दुखाइको विषय बन्न पुगेको छ । यस्तो अवस्थामा कर्मचारी समायोजनको लागि वैज्ञानिक तरिका अपनाई विभिन्न किसिमका आकर्षणको नीतिगत व्यवस्था गरी कर्मचारीको वृत्ति विकासलाई ध्यान दिई कानून निर्माण गर्नु राज्यको लागि ठूलो चुनौतीको रुपमा देखापरेको परिप्रेक्ष्यमा निजामती कर्मचारीले हातमा हात मिलाई यस कठिन घडीमा संघीयता कार्यान्वयनमा अहम भूमिका खेल्नुपर्ने बेला आएको छ ।

- दानबहादुर सुनार

गौराव्रतको उत्पत्ति, विकास र विस्तारको इतिहास

Image
-२०७४ चैत्र ०४ आइतबार

शक्ति न स्त्री हो न पुरुष हो, न नपुंसक हो । सामान्य दृष्टिले शक्ति तत्वलाई स्त्रीको रुप मानिन्छ । सुन्दरताको पराकाष्ठाको नाम स्त्री हो, त्यसैले त्यो शक्ति तत्वलाई देवीको रुपमा चित्रित गरेको पाइन्छ । वास्तवमा शक्तिकै कारण जड–चेतनको सुन्दरता हो । यदि वस्तुमा शक्ति नहुन्थ्यो भने सुन्दरताको स्थान हुँदैनथ्यो, त्यही शक्तिले संसार चलायमान छ । सूर्यमा तेज, चन्द्रमा शीतल, वायुमा पवित्रता, जलमा निर्मलता शक्तिकै भेद हुन् । शक्ति तत्वलाई जड र चेतनामा देख्न सकिन्छ । शक्ति बिनाका शिव पनि शवको समान हुन्छन् । संसार शक्तिकै वशीभूत रहेको छ । शक्तिकै कारण सृष्टि हुन्छ, सृष्टिकर्ता नारी हुन् । त्यसैले शक्तिलाई नारीको रुपमा देखाएको हो ।

-आचार्य घनश्याम लेखक

भीम र अतवारी ब्रत महिमा

Image
-२०७४ चैत्र ०४ आइतबार

नेपालको तराईका मूल वासिन्दा आदिवासी थारुहरू विशेषतः कृष्णाष्टमी, अतवारी ब्रत बस्छन्, जितिया, सामाचकेवा मान्छन् । कृष्ण जन्माष्टमी (अष्टिम्कि) भाद्र महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा पर्दछ भने अतवारी ब्रत भाद्र शुक्ल पक्ष (ओजरीया) को पहिलो आईतबार पर्दछ । यस सम्बन्धमा विकिपिडियामा भनिएको छ, ‘यो ब्रत कुनै पनि महिनाको शुक्ल पक्षको पहिलो आईतबार सुरु गरेर कम्तिमा १ वर्ष र बढीमा १२ वर्ष बस्न सकिन्छ । यसले के भन्छ भने कुनै पनि महिनाको शुक्ल पक्षको पहिलो आईतबार यसलाई सुरु गर्न सकिन्छ । थारुहरू पहिलेदेखि भाद्र महिनाको शुक्ल पक्षको पहिलो आईतबारलाई बर्का अतवार/अतवारी मान्ने गरेका छन्, जुन कुष्ण जन्माष्टमीपछि पर्ने गर्दछ ।

-दिलबहादुर चौधरी

वातावरण संरक्षण र दीगो विकासको अपरिहार्यता

Image
-२०७४ चैत्र ०४ आइतबार

मानिस, अन्य जनावर तथा वनस्पतिको अवस्था एवम् स्वरुपमा परिर्वतन आइरहन्छ । यस्ता परिवर्तनका लागि मानवीय तथा प्राकृतिक दुबै प्रकारका कारणहरू रहेका हुन्छन् । प्राणी वनस्पति, वायुमण्डल अन्य जैविक र अजैविक वस्तुहरूमध्ये कुनै पनि तत्वमा परिवर्तन आएमा परिवर्तन तथा गतिशीलको अवस्था देखा पर्दछ । उदाहरणको रुपमा वन सम्पदा तथा मांशहारी जनावरको अस्तित्वलाई लिन सकिन्छ । प्रशस्त मात्रामा वन रहँदा शाकाहारी जनावर बढ्छन् । शाकाहारी जनावरको वृद्धिले मांशहारी जनावरको आहाराको आपूर्ति बढ्न जान्छ ।

-चन्द्र भण्डारी

हिन्दू संस्कृतिमा महिलाको स्थान र तीजको तडकभडक

Image
-२०७४ चैत्र ०४ आइतबार

अमेरिका र बेलायतमा महिला मताधिकारका लागि महिला संगठनहरूले लामो संघर्ष गर्नुपरेको थियो । विस्तारै पश्चिमी जगतको नारी स्वतन्त्रताको आन्दोलन उच्छृंखल पनि हुँदै गयो । किनकि, त्यसको सुरुवात नै संघर्षबाट भएको हो, सम्मानबाट होइन । अर्काेतर्फ, हिन्दू धर्म र संस्कृतिमा महिलाको स्थान समाज र राष्ट्रमा सर्वाेपरि मानिँदै आएको छ । नारीको अधिकार माग्ने र दिनेजस्ता प्रश्नभन्दा हिन्दूत्वमा महिलाको सम्मान निकै माथि छ ।

-प्रा. डा. मुकुन्द कलौनी

शुक्लाफाँटा नगरको नेतृत्व र सुधारको पाटो

Image
-२०७४ चैत्र ०४ आइतबार

शुक्लाफाँटा नगरपालिकामा प्रमुख ३ दलको मात्र प्रतिनिधित्व छ । जसमा नेकपा एमाले उपप्रमुखसहित वडा अध्यक्ष ५, वडा सदस्य २२ गरी कूल २८ सभासद् भएर ठूलो दल तर बहुमत नभएको अवस्थामा छ । नेपाली कांग्रेस नगर प्रमुखसहित वडा अध्यक्ष ३, वडा सदस्य १३ एवम् १ कार्यपालिका सदस्यसहित १८ सभासद्ले प्रतिनिधित्व गर्छ भने नेकपा माओवादी केन्द्र ४ वडा अध्यक्ष, १३ वडा सदस्य र २ कार्यपालिका सदस्यसहित १९ सभासद् नगरमा प्रतिनिधित्व गर्छ । यस हिसाबले नगरको व्यवस्थापिका सभामा ६५ जनाले प्रतिनिधित्व जनाएका छन् । नगरमा जम्मा १२ वडा रहेका छन् ।

-उत्तरदेव भट्ट

मानसखण्ड क्षेत्रको मौलिक पर्व गौराको विशिष्टता

Image
-२०७४ चैत्र ०४ आइतबार

यस पर्वले जातीय स्वाभिमान र सद्भाव एवम् सामाजिक एकताको भाव देखाउँछ । जस्तैः ‘चर्तुणामपि वर्णानां स्त्रीजनानां विशेषतः’ चारै वर्ण (ब्राह्मण, क्षेत्री, वैश्य र शूद्ध) का व्यक्तिले उपासना गर्न सक्छन् । तर, नारी जातिको लागि विशेष तथा महत्वपूर्ण पर्व हो । सामूहिक रुपमा मनाइने र खेलिने हुनाले यसले सामाजिक सद्भाव र एकताको भावनालाई स्थापित समेत गर्दछ ।

-आचार्य घनश्याम लेखक

प्रजातान्त्रिक तानाशाहको खाँचो

Image
-२०७४ चैत्र ०४ आइतबार

वैकल्पिक शक्तिको हावा छरेर धेरै वैकल्पिक शक्तिहरू स्थापना भए । तर, १ वर्ष नबित्दै बिलाएर गए । यसबाट यो प्रस्ट हुन्छ कि राम्रो छवि भएका, नातावाद, कृपावाद र भ्रष्टाचारबाट टाढा रहन खोज्ने व्यक्तिको समूह पाउनै गाह्रो भइसक्यो । अतः हाम्रो देश कहाँसम्म पुगिसक्यो सक्यो भन्ने कुरा यहीबाट प्रस्त देखिन्छ । देशको यो अवस्था हुनुको मुख्य कारण भनेकै कमजोर नियम, कानून र भएका नियम कानूनको पनि फितलो कार्यान्वयन हो ।

- देवराज जोशी

शिक्षा क्षेत्रमा देखिएको बेथितिको प्रभाव

Image
-२०७४ चैत्र ०४ आइतबार

प्राचीनकालमा घर परिवारमा आमाले छोरीलाई र बुवाले छोरालाई घर व्यवहारका कुराहरू सिकाउने कुरालाई शिक्षाका रुपमा लिने गरिन्थ्यो । समयको विस्तारसँगै शिक्षा आदानप्रदान गुरुकुल शिक्षाबाट सुरु भयो । जहाँ गुरुहरूले प्रवचन दिन्थे र शिष्यहरूले सुनेका आधारमा ज्ञान हासिल गर्थे । जंगल वा गुफामा गुरुहरूको प्रवचन श्रृतिबाट (सुनेर) ज्ञानआर्जन गर्दै उनीहरूले भनेका कुरा कण्ठस्थ पार्नुपर्ने (स्मृति) शिक्षा प्रणालीको विकास भयो ।समयको परिवर्तनसँगै आज वर्तमान युगमा सिल्प (सीपयुक्त) शिक्षामा आवश्यक हो । 

-सत्यराज जोशी

मतदान व्यवहारलाई प्रभावित पार्ने तत्व

Image
-२०७४ चैत्र ०४ आइतबार

मतदान गर्दा मतदाताको मन मष्तिष्कमा विचारधारा वा सिद्दान्तको अमिट प्रभाव देखिन्छ । पार्टीको सार्वभौम विचार, दलहरूका घोषणापत्र, दलहरूको पारष्परिक तुलनात्मक अध्ययन र उनीहरूले गर्ने गरेका क्रियाकलापहरूको मतदाताको मतदान प्रक्रियामा असर पर्दछ । तर, यो पनि तथ्य उल्लेखनीय छ कि सौद्धान्तिक रुपले मतदान गर्ने मतदाताको संख्या २५–३० प्रतिशतसम्म मात्र नै देखा पर्दछ । विचारधाराको सम्बन्धमा गम्भीर मनन् गर्नेहरूको संख्या एकदमै कम छ ।

-प्रा. डा. मुकुन्द कलौनी

भरतपुर मतपरिणामको राजनीतिक अर्थ

Image
-२०७४ चैत्र ०४ आइतबार

नेपाली जनताले खोजेको शान्ति दण्डहीनताले सजिएको नभई समुन्नत, सबैको इज्जत र सम्मान हुने र सबैका अधिकार क्षेत्रको ग्यारेन्टी हुने खालको हुनुपर्ने हो । तर, बिडम्बना नेपालको राजनीतिक इतिहासमा २००७, २०१५, २०१७, २०३६, २०४६ हुँदै जनआन्दोलन २०६२/०६३ सम्म आई पुग्दा ‘केवल बोतल बदलिएको तर मदिरा उही’ भनेझैं मात्र भएको छ नेपालको राजनीतिक परिवर्तनको अवस्थालाई हेर्दा । नेपालमा व्यवस्था परिवर्तन भए लोकतन्त्र र गणतन्त्रभन्दा पनि पर अब अरु तन्त्र जो संसारमा प्रयोग नै नभएको नयाँ प्रयोगको सम्भावना बोकेको व्यवस्था अब भेटिँदैन होला नेपालमा ।

-वीरेन्द्र रावल

नेपालमा संघीय शासन प्रणालीको चुनौतिपूर्ण अवसर

Image
-२०७४ चैत्र ०४ आइतबार

संघीयता निकै चर्चा परिचर्चाको विषय बन्न पुग्यो र अझैं पूर्णविराम लागिसकेको छैन । संघीयता नै नेपालका लागि आवश्यक छैन भन्नेहरू पनि छन् र संघीयताका पक्षधरहरूको पनि यसको संरचना सम्बन्धमा एकमत छ्र्रैन । यही विषयमा मधेशी समुदाय अझैं आन्दोलित छन् । जेहोस्, सामान्य थपघट तलमाथि गरिएपनि यो अब टुंगो लागिसकेको विषय हो । कुरो अब कार्यान्वयनको मात्रै हो ।

-ऐनबहादुर सिंह

मानसखण्ड प्रदेशमा बग्ने नदीको पौराणिक आख्यान

Image
-२०७४ चैत्र ०४ आइतबार

मानस प्रदेशका नदीमा रामगंगाको महत्वपूर्ण स्थान रहेको छ । महर्षि परशुरामद्वारा खोजी गरिएको हुनाले रामगंगा नाम पर्न गएको हो । कैलास मानसरोवरको यात्रा गर्दा रामगंगामा स्नान गर्नु अनिर्वाय मानिन्छ । श्रीराम साकेतधाम अर्थात् वैकुण्ठ भएपछि अयोध्यावासी नागरिक रामगंगाको रामेश्वर घाटमा स्नान गर्न आएका थिए । महाकाली नदीको उत्पत्तिको विषयमा पुराणमा धेरै आख्यान छन् । यसलाई काली, श्याम, वैयासिकी, सरयू, कालिन्दी, विपाशा, व्यासी, शारदा, कौशिकी आदि नामले पनि चिनाइन्छ ।

-आचार्य घनश्याम लेखक

बिकराल बन्दै आत्महत्या

Image
-२०७४ चैत्र ०४ आइतबार

 नेपालमा आत्महत्या सम्बन्धी तथ्याङ्क राख्ने प्रमुख निकायमा अस्पताल र नेपाल प्रहरी हुन् । यद्यपि प्रहरी र अस्पातालको कमजोर अभिलेख र प्रतिवेदनको कारणले यथार्थ तथ्याङ्क बाहिर आउन नसकेपनि वार्षिक रुपमा नेपालमा आत्महत्याको दर उच्च रहेको देखिएको छ । नेपाल प्रहरीकै तथ्याङ्क हेर्ने हो भने पनि नेपालमा वर्षेनि लगभग ५ हजारको संख्यामा आत्महत्या हुने गरेको देखिन्छ भने सुदूरपश्चिमाञ्चलमा झण्डै ५ सयले वार्षिक रुपमा आत्महत्या गर्ने गरेको देखिन्छ ।

-धर्मानन्द गिरी

शुक्लाफाँटा उत्कृष्ट पर्यटन गन्तव्य

Image
-२०७४ चैत्र ०४ आइतबार

शुक्लाफाँटा अवलोकन गर्न हात्ती सफारी गर्न सकिन्छ । शुक्लाफाँटा घुम्न हामी जीप र बसलाई पनि प्रयोग गर्न सक्छौं, जसलाई भित्र प्रवेशका लागि तोकिएको राजश्व तिरेर जान सकिन्छ । शुक्लाफाँटा भम्रणका साथसाथै निकुञ्जको मुल गेटबाट करिव ६ किलोमिटर पश्चिममा रहेको एसियाकै नमूना मानिने झोलुङ्गे पुलको अवलोकन गर्न सकिन्छ भने महाकाली नदीको बहावको अवलोकन गर्न सकिन्छ । 

-राजेन्द्रबहादुर चन्द