समाचार

विराटनगरविरुद्ध महेन्द्रनगरको शानदार जित

Image
-२०७४ चैत्र १८ आइतबार

धनगढीस्थित संघीय प्रहरी ईकाईको क्क्ए क्रिकेट मैदानमा आज भएको खेलमा महेन्द्रनगरले विराटनगर किङ्सलाई ३३ रन र अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गरे ।

-मानसखण्ड

एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

Image
-२०७४ चैत्र १८ आइतबार

बाजुराको उत्तरी भेगमा रहेका चार स्थानीय तहका साबिकका ११ गाविसका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावर एक सातादेखि बिग्रीदाँ टेलिफोन सेवा अवरुद्ध भइ सेवाग्राही मर्कामा परेका छन् ।

-रासस

उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि

Image
-२०७४ चैत्र १८ आइतबार

उपक्षेत्रीय अस्पताल डडेल्धुराले आधुनिक मेशिनसहित फिजियो थेरापी सेवा विस्तार गरे सँगै डडेल्धुरासहित ७ नं प्रदेशका पहाडी जिल्लाका बिरामीलाई थेरापी गर्नका लागि सहज भएको छ ।

-रासस

गड्डाचौकी भन्सारद्वारा लक्ष्यभन्दा बढी राजश्व संकलन

Image
-२०७४ चैत्र १८ आइतबार

भन्सार कार्यालय गड्चौकीले चालु आर्थिक बर्षको साउनदेखि चैतसम्म २० करोड ९७ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

-होम योगी

दक्ष जनशक्ति नहुँदा क्रायोथेरापी प्रयोगविहिन

Image
-२०७४ चैत्र १८ आइतबार

नेपाल परिवार नियोजन संघ जिल्ला शाखा कार्यालय कञ्चनपुरले पाठेघरको मुखको क्यान्सरको उपचार गर्न उदेश्यले गत असारमा क्रायोथेरापी मेसिन ल्याएको थियो । तर, दक्ष जनशक्तिको अभावमा प्रयोगविहिन अवस्थामा छ

-मदन गिरी

महाकालीमा ३ सय ५० सवारीसाधन प्रतिबन्धित

Image
-२०७४ चैत्र १८ आइतबार

सरकारले चैत १ गतेदेखि देशभर २० वर्ष नाघेकासवारी साधन गुड्न नपाउने नियम लागू गरेसँगै महाकाली अञ्चलमा ३ सय २५ सवारी साधन प्रतिबन्धित भएका छन् । 

-मदन गिरी

महरा–प्रतिवेदन सार्वजनिक गर्न अस्वीकार

Image
-२०७४ चैत्र १८ आइतबार

मानसखण्ड र रेडियो महाकालीका तर्फबाट सूचनाको हकअन्तर्गत प्रतिवेदन, लिज–सम्झौता र २०६० सालयता जारी लालपूर्जाको प्रतिलिपी माग

-मानसखण्ड

बसको ठक्करबाट एक जनाको मृत्यु

Image
-२०७४ चैत्र १८ आइतबार

भरतको दिल्लीदेखी काठमाण्डौ गईरहेको मञ्जुश्री यातायातको बा ४ ख २३८९ नं बसको ठक्करबाट  भिमदत्त नगरपालिका–५ बनखेत बस्ने बिरसिंह महराको मृत्यु भएको छ ।

-मानसखण्ड

मस्त निन्द्रामा नागरिक समाज र अधिकारकर्मी

Image
-२०७४ चैत्र १८ आइतबार

सोमबार भीमदत्त नगरपालिका वडा नम्बर १३ को बर्मे चौराहमा भएको घटाना प्रति कञ्चनपुरका मानव अधिकार तथा महिला अधिकारकर्मीका रुपमा चिनिएका संघ संस्थाका प्रमुख तथा प्रतिनिधि अधिकारकर्मी नै बेखबर छन् ।

-मानसखण्ड

किर्ते हस्ताक्षर गरेर ९ लाख हजम

Image
-२०७४ चैत्र १८ आइतबार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ शान्तिपुरस्थित शान्ति अधारभूत विद्यालयका निमित्त प्रधानाध्यापकले विद्यालय व्यवस्थापन समितिका अध्यक्षको हस्ताक्षर किर्ते गरी नेपाल राष्ट्रिय बैंकबाट रकम निकासा गरेका छन् । 

-होम योगी

किशोरीलाई छोडेर युवक फरार

Image
-२०७४ चैत्र १८ आइतबार

भीमदत्त नगरपालिका हल्दुखालकी एक किसोरीलाई सोमबार बिहान करिब ९ बजेतिर २ जना  युवकले से३प १९८८ नम्बरको मोटरसाईकलमा फिल्मीशैलीमा ल्याएर वडा नम्बर १३ बरमी चौराहमा छाडेर भागे ।

-मानसखण्ड

भीमदत्तको नगरसभामा बबाल

Image
-२०७४ चैत्र १८ आइतबार

सात निर्णय पारित । सुविधा पाउनुपर्ने माग गर्दै वडा सदस्यहरु आन्दोलित  । नगरसभा ३ घण्टा अबरुद्ध

-होम योगी

भीमदत्तको सहरीकरण योजना औपचारिक रुपमा प्रारम्भ

Image
-२०७४ चैत्र १८ आइतबार

भीमदत्त नगरपालिकाले वडा नम्बर ८ तिलाचौरमा फोहर व्यवस्थापन केन्द्र निर्र्माण गर्ने योजना बनाएको छ । तर, तिलाचौरका वासिन्दाले फोहर व्यवस्थापन केन्द्र बनाउन नदिने बताउँदै आएका छन् ।

-होम योगी

शुक्लाफाँटामा पर्यटक बढ्दै

Image
-२०७४ चैत्र १८ आइतबार

 शुक्लाफाँटा वन्यजन्तु आरक्ष निकुञ्जमा स्तरोन्नतिपछि स्थानीय र राज्यकोतर्फबाट प्रचारप्रसार हुँदा पर्यटकको संख्यामा बृद्धि

-होम योगी

पर्यटकबाट अवैध असुली गर्ने सईलाई कारबाही

Image
-२०७४ चैत्र १८ आइतबार

सई थापालाई विभागीय कारबाहीस्वरुप नसियत दिइएको छ । ‘अब थापाको बढुवा हुँदैन्, विदेश जान पाउँदैन्, अन्य पाउने सेवा सुविधा समेत पाउँदैन्,’ प्रहरी नायव उपरीक्षक पाण्डेयले भने ।

-मानसखण्ड

बगरमा भारतीय नागरिकको मनोमानी

Image
-२०७४ चैत्र १८ आइतबार

कञ्चनपुरका विभिन्न नदीका बगरमा तरकारी फलाउने प्रायः भारतीय नागरिक नै छन् । सरसर्ती हेर्दा उनीहरुले अनुमति लिएर खेति गरिरहे जस्तो देखिए पनि त्यो सत्य होइन । वास्तवमा बगरखेतीमा सक्रिय भारतीय नागरिकले मनोमानी काम गरिरहेका छन् ।

-होम योगी

मेयर नै निरिह !

Image
-२०७४ चैत्र १८ आइतबार

कृष्णपुर नगरपालिकासँग समेत समन्वय नगरेर वडा नम्बर १ बन्ड र वडा नम्बर ५ को वनदेवीमा क्रसर उद्योग खुल्न लागेको नगर प्रमुख कर्ण हमालले बताए । 

-होम योगी

निकम्मा प्रहरी, उद्दण्ड समाज

Image
-२०७४ चैत्र १८ आइतबार

अस्पताल परिसरमैं प्रहरीको पोष्ट छ । मृतकका आफन्तको हुलले अस्पताल परिसरमा वितण्डा गरेको करिब १ घण्टासम्म त्यहाँ प्रहरीको गन्धसमेत पाइएन । हुलले अस्पतालका कर्मचारी र एक मात्र स्त्रीरोग विशेषज्ञलाई कुटपिट गरेपछि मात्रै प्रहरी अस्पताल परिसरमा देखियो । डाक्टर र कर्मचारीको सुरक्षा गर्न नसक्ने प्रहरीले राखेको त्यो पोष्टको काम के हो  ?

-मदन गिरी

ढिलासुस्तीेको नमुना : महेन्द्रनगर सिटी हल

Image
-२०७४ चैत्र १८ आइतबार

महेन्द्रनगरमा निर्माणधिन महेन्द्रनगर सिटीहलको् निर्माण पाँचौ पटक म्याद थपिदाँ पनि निर्माण सम्पन्न नहुने देखिएको छ । 

-मदन गिरी

घाँडो बन्दै सुप विश्वविद्यालय !

Image
-२०७४ चैत्र १८ आइतबार

प्रदेश ७ को शैक्षिक केन्द्र बन्नुपर्ने सुदूरपश्चिमाञ्चल विश्वविदालय दिनानुदिन ओरालो लाग्न थालेपछि सरोकारवालाहरु माझ छटपटी भने देखिन थालेको छ ।

-मानसखण्ड

कक्षा ८ का विद्यार्थी पुस्तक बिना परीक्षाको तयारीमा

Image
-२०७४ चैत्र १८ आइतबार

 कक्षा ८ को परीक्षा फागुन २८ गतेदेखि सुरु हुँदैछ । तर, विद्यार्थीले अहिलेसम्म पुस्तक पाएका छैनन् । विद्यालयमा कक्षा ८ मा ६५ जना विद्यार्थी अध्ययनरत छन् ।

-होम योगी

जो अगुवा त्यहि बाटो ........!

Image
-२०७४ चैत्र १८ आइतबार

सामान्य जनतालाई प्रमुख जिल्ला अधिकारी (सीडीओ)को अनुमतिविना सीसीटीभी जडान गर्नु अपराध हो भन्ने थाहा नहुन सक्छ । तर, आश्चर्य नमान्नुस् कञ्चनपुरको प्रशासनलाई समेत त्यो थाहा छैन ।

-होम योगी

हात्तीको आतंक, ४ दिनमा २५ टहरा ध्वस्त

Image
-२०७४ चैत्र १८ आइतबार

शुक्लाफाँटा र बेलडाँडी गाउँपालिकाको विभिन्न स्थानमा रहेका आरक्ष विस्थापितका सिविरमा जंगली हात्तीको बथानले आतंक मच्चाउन थालेको हो ।

-मानसखण्ड

जनप्रतिनिधिको लडाईंमा ढुकुटी स्वाहा हुँदै

Image
-२०७४ चैत्र १८ आइतबार

कार्यालय राख्ने तमाम् विकल्प हुँदाहुदै जनप्रतिनिधिबीच कुरा नमिल्दा महाकाली नगरपालिकाको कार्यालय भाडामा सञ्चालन हुँदै आएको छ ।

-होम योगी

कक्षा ८ को परीक्षा स्थानीय तहले गर्ने, कञ्चनपुरमा तयारी तीब्र

Image
-२०७४ चैत्र १८ आइतबार

जिल्ला शिक्षा कार्यालयले परीक्षा सञ्चालनका लागि आर्थिक सहयोग गर्न नसकिने पत्र पठाएपछि कञ्चनपुरका अधिकांश स्थानीय तहलाई आर्थिक व्यवस्थापन गर्न समस्या भएको बताइएको छ ।

-होम योगी