डोटी

आदर्शका २ सय बालबालिकालाई छात्रवृत्ति

Image
-२०७४ श्रावण २६ बिहीबार

जिल्ला शिक्षा कार्यालय डोटीको समन्वय तथा वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा सामुदायिक विकास केन्द्र डोटीको आयोजनामा छात्रवृत्ति वितरण गरिएको हो । छात्रवृत्ति आधारभूत तहका बालबालिकालाई विद्यालय शिक्षा पूरा गराउन टेवा पुर्‍याउने उद्देश्यका साथ वितरण गरिएको सामुदायिक विकास केन्द्र डोटीका शिक्षा परियोजना संयोजक रामचन्द्र जोशीले बताए ।

-मानसखण्ड

डोटीमा नेवारले मनाए गाईजात्रा

Image
-२०७४ श्रावण २६ बिहीबार

एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्यदान गरिने चलन रहेको छ । 

-मोहन पनेरु

‘जग्गाको मुआब्जा बुझेर घर जाँदा दुर्घटनाले लियो ज्यान’

Image
-२०७४ श्रावण २६ बिहीबार

एकै गाउँका ८ जनाको मृत्यु भएपछि गाउँमा रुवाबासी चलेको स्थानीय एमाले नेता हस्तबहादुर बुढाले बताए । ‘जमिनको पैसा ल्याउन गएकाहरू कहिल्यै नफर्किने गरी गए, गाउँ नै अन्धकार भयो । न जमिन रह्यो, न मान्छे नै । रुनुबाहेक केही रहेन,’ उनले भने । 

-मोहन पनेरु

जीप दुर्घटना हँदा ९ को मृत्यु, ७ घाइते

Image
-२०७४ श्रावण २६ बिहीबार

दिपायलबाट बोगटान तर्फ गाईरहेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप बोगटान गाउँपालिका  ६ गगुडाको धारमा चिप्लीएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले बताए । जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु, ४ जना गम्भीर र  ३ जना समान्य घाइते  भएका छन् ।

-मानसखण्ड

सुदूरका ५८% युवा जनशक्ति भारततिर

Image
-२०७४ श्रावण २६ बिहीबार

नेपालको कानुनले रोजगारीका लागि भारत जानुलाई वैदेशिक रोजगारीको मान्यता नदिनु, भारतमा काम गर्न जानेको राज्यले आधिकारिक तथ्याङ्क नराख्नु र कामका लागि भारत जानेको बीमा नहुनु प्रमुख समस्या रहेको मिश्रले बताएका छन् । उनले भने, ‘भारतमा काम गर्न जानेले दैनिक १२ घण्टादेखि २४ सैं घण्टासम्म न्यून पारिश्रमिकमा काम गर्नुपर्ने अवस्था छ ।

-मोहन पनेरु

बदेलले मकैबाली नष्ट गर्न थालेपछि किसान चिन्तित

Image
-२०७४ श्रावण २६ बिहीबार

जिल्लाको बोगटान गाउँपालिका, आदर्श गाउँपालिका, दिपायलसिलगढी नगरपालिकामा जंगली जनावरले मकैबाली, धान र कोदो बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

-मोहन पनेरु

प्रहरी कार्यालयबाट वैध हतियार गाउँगाउँ लगिँदै 

Image
-२०७४ श्रावण २६ बिहीबार

गृह मन्त्रालयको निर्देशन अनुसार संकलन गरिएका करिब १ दर्जन वैध हतियार पुनः सर्वसाधारणलाई फिर्ता गर्न सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी दिल्लीराज विष्टले जानकारी दिए । उनका अनुसार अहिलेसम्म जिल्ला प्रहरी कार्यालयबाट ३ थान बारबोर हतियार स्थानीयले फिर्ता लिइसकेका छन् ।

-मोहन पनेरु

वर्षामा चनाखो बन्न डोटीका प्रजिअको अपिल

Image
-२०७४ श्रावण २६ बिहीबार

डोटीका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले वर्षाको समयमा प्राकृतिक विपत्ति समेत आउन सक्ने भएकाले चनाखो हुन आव्हान गरेका छन् । वर्षाको समयमा विभिन्न किसिमका प्राकृतिक प्रकोप समेत हुन सक्ने भएकाले प्रजिअ खड्काले पूर्वतयारी अवस्थामा रहन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई निर्देशन समेत दिए । 

-मोहन पनेरु

डोटीमा घर भत्किदा एक बालिकाको मृत्यु

Image
-२०७४ श्रावण २६ बिहीबार

डोटीको सायल गाउँपालिका वडा नं. १ का हर्मल भुलको घर भत्किदा उनकी ४ वर्षिया छोरी मनीषा भुलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक दिल्ली राज विष्टले बताए । 

-डीबी विष्ट

जोरायल–२ पूर्णखोपयुक्त वडा घोषणा

Image
-२०७४ श्रावण २६ बिहीबार

जिल्ला स्वास्थ्य कार्यालय डोटीले गरेको सर्वेक्षणमा वडाका सबैले खोप लगाउने गरेको पाएपछि वडालाई पूर्ण खोपयुक्त वडा घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटी अधिकृत रामस्वार्थ यादवले बताए ।

-मानसखण्ड

डोटी खुलादिसामुक्त घोषणा

Image
-२०७४ श्रावण २६ बिहीबार

 सांस्कृतिक झाँकी र र्‍यालीसहित सरोकारवालाको सहभागितामा भव्य कार्यक्रमको आयोजना गरी खुलादिसामुक्त जिल्ला घोषणा गरियो । उच्च अदालत दिपायलका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले खुलादिसामुक्त क्षेत्र घोषणा गरेका हुन् ।

-मोहन पनेरु

जनप्रतिनिधि चुनिएपछि पनि दिपायल फोहोर नै

Image
-२०७४ श्रावण २६ बिहीबार

 

 नगरपालिकामा नवनिर्वाचित पदाधिकारीले कार्यभार सम्हालेकै दिनदेखि बजारमा फोहोर उठाउन बन्द भएको स्थानीय व्यापारीको आरोप छ । स्थानीय पसलले तथा यात्रुले सडकमा फालेका फोहोरका कारण बजारमा दुर्गन्ध फैलिँदा हिँडडुल गर्नसमेत समस्या उत्पन्न भएको छ । 

-मोहन पनेरु

विद्युत् अनियमित हुँदा उपभोक्तामा आक्रोश

Image
-२०७४ श्रावण २६ बिहीबार

‘दैनिक लाखौंको कारोबारमा असर परिरहेको छ,’ केवि स्टील तथा फर्निचर उद्योग दिपायलका सञ्चालक केवी साउँदले भने, ‘काम अवरुद्ध हुँदा मिस्त्रीहरू बेरोजगार हुन बाध्य छन् ।’ विद्युत् अवरुद्ध हुँदा होटल व्यवसायी पनि मारमा परेको छ । 

-मोहन पनेरु

दिपायलमा प्रहरी जवान भर्ना छनौट सुरु

Image
-२०७४ श्रावण २६ बिहीबार

 सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलले खोलेको नयाँ प्रहरी जवानको भर्ना छनौट सोमबारबाट दिपायलमा सुरु भएको छ । देशभरिमा १ हजार ६ सय ४५ जनामा दिपायल तालिम केन्द्रमा मात्रै ४ हजार ९ सय ३६ जनाले आवेदन भरेको दिपायल तालिम केन्द्रका एसएसपी मोहनराज जोशीले बताए ।

-मोहन पनेरु

द्वारी खोलमा बगेर मृत्यु

Image
-२०७४ श्रावण २६ बिहीबार

खोलामा बगेर दिपायलसिलगढी नगरपालिका–५ बागठाटाका धौली कोलीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । खेत रोप्न हिँडेकी कोली खोला तर्ने क्रममा बगेको प्रहरीले जनाएको छ ।

-मोहन पनेरु

डोटीका किसानलाई रोपाइँको चटारो

Image
-२०७४ श्रावण २६ बिहीबार

डोटीका किसान बिहानदेखि साँझसम्म धान रोपाइँमै व्यस्त छन् । समयमै मनसुन सुरु भएपछि सिँचाइ सुविधा नभएका स्थानमा समेत रोपाइँ सुरु भएको स्थानीयवासी बताउँछन् । 

-मोहन पनेरु

दिपायलालाई नमूना बनाउने मेयर मञ्जुको घोषणा

Image
-२०७४ श्रावण २६ बिहीबार

 महिला, दलित, पिछडिएका समुदायका पक्षमा काम गर्ने मलासीले बताइन् । कुराभन्दा पनि काममा विश्वास गर्ने भएकाले नगरको विकास गर्न सक्षम हुने उनको विश्वास छ । निर्वाचनका क्रममा जनता समक्ष गरेका कामको अक्षरशः पालना गर्ने मलासीले प्रतिवद्धता गरिन् ।

-मोहन पनेरु

आरोप खण्डन गर्दै एमालेले भन्यो–पैसाले चुनाव जितेका होइनौं

Image
-२०७४ श्रावण २६ बिहीबार

सोमबार पत्रकार सम्मेलन गर्दै एमाले डोटीका अध्यक्ष चक्र मल्लले एमाले केन्द्रदेखि गाउँका टोलटोलसम्म संगठन बिस्तार भएको पार्टी भएकाले जित हात पारेको दाबी गरे । ‘एमालेले लिएको राष्ट्रवादी नीति नै हाम्रो जितको आधार हो । हामी जनप्रेमी हौँ , पैसा प्रेमी होइनौ,’ उनले भने ।

-मोहन पनेरु

रोपाइँले परिचयपत्र वितरण प्रभावित

Image
-२०७४ श्रावण २६ बिहीबार


मतदाता रोपाइँमा व्यस्त भएपछि आईतबारबाट सुरु भएको मतदाता परिचयपत्र वितरण कार्यक्रम प्रभावित भएको छ ।शनिबार रातिको वर्षापछि मतदाता आईतबार दिनभर रोपाइँमा व्यस्त रहेका थिए । ‘थोरै मतदाताले मात्र परिचयपत्र लिए’, केआइसिंह गाउँपालिकाको जमलकट्टे मतदान केन्द्र अधिकृत तेजबिक्रम शाहीले भने, ‘३ सय ९५ मात्र मतदाता रहेकोमा ५० जनाले मात्र परिचयपत्र लगे ।

-मोहन पनेरु

घरमै प्रसूति हुँदा डोटीमा महिलाको मृत्यु

Image
-२०७४ श्रावण २६ बिहीबार

घरमै प्रसूति ब्यथाले च्यापेकी साईल गाउँपालिका–१ की अञ्जुदेवी रोकायाको शनिबार राति ज्यान गएको स्थानीय मानबहादुर रोकायाले बताए । अस्पताल टाढा हुँदा उनी घरमै प्रसूति भइरहेकी थिइन् । तर, उनको प्रसूतिको क्रममै ज्यान गयो । अत्याधिक रक्तश्राप भएपछि बच्चा पाउन नसक्दा ज्यान गएको रोकायाले बताए ।

-भवानीदत्त भट्ट

सुदूरपश्चिमका सबै सहर ‘नमूना’ बनाउने: प्रधानमन्त्री देउवा

Image
-२०७४ श्रावण २६ बिहीबार

प्रधानमन्त्री शेरबहादुर  देउवाले बुडर–जोगबुढा तथा जोरायल सडक चाँडै नै पिच गर्ने, विद्युत् र सडक सञ्जाललाई कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरालाई जोडिने बताए । ‘म सुदूरपश्चिमको मान्छे भएकाले मेरो प्राथमिकता पनि यतै हुनेछ,’ देउवाले भने, ‘सम्पूर्ण गाउँपालिकालाई नमूना बनाएर देखाउने छु ।

-मोहन पनेरु

डोटीमा एक जना मृत अवस्थामा फेला

Image
-२०७४ श्रावण २६ बिहीबार

दिपायल सिलगढी नगरपालिका ४ मटेलाका  ४० बर्षिय किसन खड्का राजपुर गौरा स्थीत  सडकको छेउँमा मृत अवस्थामा फेला परेको  जिल्ला प्रहरी कार्यालय डोटीका मुद्धाफाँटका सई हर्क महराले बताए ।

-मोहन पनेरु

डोटीमा १ हजार १ सय ४० प्रतिस्पर्धी

Image
-२०७४ श्रावण २६ बिहीबार

आसन्न स्थानीय तहको निर्वाचनका लागि डोटीमा १ हजार १ सय ४० जनाको उम्मेदवारी परेकोे छ । जसमध्ये ४ सय ६५ महिला चुनावी प्रतिस्पर्धामा छन् । प्रमुखमा २, उपप्रमुखमा ३२, वडा अध्यक्षमा ५, खुल्ला सदस्यमा १२, महिला सदस्यमा २ सय ६ र दलित महिला सदस्यमा २ सय ५ गरी ४ सय ६५ महिला प्रतिस्पर्धामा छन् ।

-मोहन पनेरु

२ महिना बित्दा समेत खुलेनन् विद्यालय

Image
-२०७४ श्रावण २६ बिहीबार

भर्ना अभियान सञ्चालन भइरहेका बेला गत बैशाख पहिलो सातादेखि बन्द भएका बझाङका झण्डै ५० विद्यालय अझैं सञ्चालनमा आएका छैनन् ।   विद्यार्थी यार्सागुम्बा टिप्न लेक गएपछि विद्यालय बन्द भएपनि अहिले उनीहरू घर फर्किंदा समेत विद्यालय सञ्चालनमा आउन सकेका छैनन् ।

-डीबी विष्ट

महेन्द्रनगरमा मिठाई खाँदा सावधान !

Image
-२०७४ श्रावण २६ बिहीबार

रग प्रयोग गरिएको मिठाई स्वास्थ्यका लागि हानिकारक हुने गरेको चिकित्सकले बताएका छन् । महेन्द्रनगरका ५ पसलको मिठाईमा अत्याधिक मात्रामा रंगको प्रयोग भएको पाइएको सयुंक्त बजार अनुगमन समितिका संयोजक एवम् जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उदयराज जोशीले बताए ।

-मानसखण्ड